Date:

के विद्यालयको नयाँ इमिस (IEMIS ) UPDATE गर्न समस्या भइरहेको छ? यसरि गर्नुहोस......

 


के तपाईं विद्यालय इमिसको काम गर्दै हुनुहुन्छUpdate गर्न समस्या भइरहेको छ? यसरि सजिलै संग गर्नुहोस:


शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विगत देखि नै विद्यालय तहको सुचना तथा तथ्यांकहरुलाई व्यवस्थित गर्न एकीकृत शैक्षिक व्यवस्थापन तथा सुचना प्रणाली(Integrated Educational Management Information System)- IEMIS कार्यान्वयनमा ल्याएको छ।हामीले https://iemis.doe.gov.np/ मा गइ आफ्नो विद्यालयको एक्सेल फायल डाउनलोड गरि आवस्यक तथ्यांकहरु अफलाइनमै भरि उक्त साइटमा लग इन गरेर अपलोड गर्ने गरेका थियौं। तर वि. सं. २०७८ देखि साबिकको एक्सेल फायल लाइ केहि परिमार्जित र सुधार गरि तथा Sorting Function सहित केन्द्रले विद्यालय आफैंले इम्पोर्टर फायल मार्फत आफ्नो विद्यालयको पुरानो फायललाइ नयाँ version  बनाउने सुविधा प्रदान गरेको छ। तर २०७८ को इमिस अपलोड गर्न साबिक को साइट भन्दा फरक साइट उपलब्ध गराइएको छ र अब विद्यालयको लेखा सम्बंधी विवरण सहितको सम्पूर्ण कामहरु नयाँ साइटमा गरिने र पुरानो साइट विस्थापन गरिने केन्द्रले जनाएको छ । यसै कारण पुरानो साइटमा २०७८ को इमिस अपलोड नहुने कारण धेरै शिक्षक साथीहरु अलमलमा पर्नुभएको छ । अतः सिकौं कसरि अपलोड गर्ने बारे: 


सबैभन्दा पहिले आफ्नो विद्यालयको इमिस फायल लाइ नयाँ बनाउन सिकौं।

१. आफ्नो विद्यालयको कोड र पासवर्ड हालेर लग इन गरेपछि तल देखाए जस्तो Old Iemis-New Iemis Converter मा क्लिक गरि इम्पोर्टर फायल डाउनलोड गर्ने ।


२. उक्त फायल खोलि "Main" लेखिएको sheet खोलि Import मा Click गर्ने ।

३. विद्यालयको एक्सेल फायल भएको directory छान्ने र विद्यालयको एक्सेल फायल select  गरि open गर्ने ।
४. केहि बेरमा नयाँ फायल convert भएर तपाईंको विद्यालयको पुरानो एक्सेल भएको ठाउँमै "New Importyed FIle" भन्ने छुट्टै फोल्डर बनेको हुन्छ। अब पुरानो फायल लाइ delete गर्नुहोस र "New Importyed FIle" भित्रको फायल लाइ अबका दिनमा प्रयोग गर्नुहोस ।
५. उक्त फायल खोल्दा अब तपाइंले तल देखाए जस्तो Version 5.1 (Updated:2078/05/06)  देख्न सक्नुहुनेछ। तपाईंको पुरानो एक्सेल नयाँ भयो ।



अब सम्पुर्ण विवरण हरु भरेर एक्सेल लाइ अनलाइनमा अपलोड गर्न तयार गर्नुहोस।



अपलोड गर्ने तरिका:

१. यो पुरानो साइटमा इमिस अपलोड गर्ने option देखाउदैन। तसर्थ, दायाँ पट्टि माथि "Log Out" click गरि लग आउट गर्नुहोस।


२. लग इन गर्ने ठाउँ मुनि "IEMIS-२०७८ को excel अपलोड गर्न यहाँ click गर्नुहोस" लेखिएको ठाउँमा क्लिक गर्नुहोस





३. आफ्नो विद्यालयको आइडी र पासवर्ड हाली लग इन गर्नुहोस । यहाँ मुख्य कुरा के छ भने यदि तपाइंले यसभन्दा अगाडी पासवर्ड परिवर्तन गर्नु भएको थियो भने नयाँ साइटमा पुरानो database गएको हुन्छ त्यसैले तपाइंले तत्काल परिवर्तन गरेको भन्दा अगाडिको वा धेरै पटक परिवर्तन गरेको भए कुनै एक पासवर्ड नयाँ साइटको database मा गएको हुन्छ। तसर्थ, नयाँ( अर्को पुरानो साइटमा मिलिराखेको पासवर्ड) राख्दा तल देखेजस्तै "Username or Password Mismatch" भन्ने संदेश आउँछ। त्यस्तो आयो भने पुराना परिवर्तन गरेका सम्पूर्ण पासवर्ड हरु हालेर प्रयास गर्नुहोस, खुल्नेछ ।

४. अब मागिएका सम्पूर्ण विवरण हरु भरेर Submit गर्नुहोस। तल उल्लेख गरी अनुसार एक्सेल अपलोड गर्नुहोस अनि पासवर्ड पनि परिवर्तन गर्नुहोस।

Uploading: 22860 of 22860 bytes uploaded.









केहि समस्या परेमा माथि "Contact Me" मा click गरि मलाइ सम्पर्क गर्न सक्नु हुनेछ।


Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive