विगत झन्डै एक वर्ष अघिदेखि रिक्त शिक्षक सेवा आयोगका पदाधिकारीहरुको नियुक्ति भर्खरै भएको छ। लोकसेवा आयोगले सिफारिस गरेको पदाधिकारीहरुलाइ नियुक्ति दिन तत्कालिन शिक्षा मन्त्रि कृष्णगोपाल श्रेष्ठले आलटाल गरेपछि लामो समय रिक्त रहेको आयोगले भर्खरै पूर्णता पाएको हो। नियुक्त हुने नयाँ पधादिकारिहरुमा नेपाल सरकारका पुर्व सचिव मधुप्रसाद रेग्मी अध्यक्ष तथा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन सदस्य रहनु भएको छ।
‘आयोगको गरिमालाई ध्यान दिँदै शिक्षकको वृत्ति विकासमा जोड दिने, नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने, शिक्षकको लाइसेन्स परीक्षा तत्काल सञ्चालन गरेर आयोगको तयारी गरेका परीक्षार्थीमा उत्साह थप्ने काममा मेरो ध्यान केन्द्रित हुनेछ।’
यसैबीच आयोगले पूर्णता पाएसंगै लाइसेन्स र शिक्षक सेवा तयारी गरिरहेका परिक्षार्थीहरुमा अब उक्त परिक्षाहरुको बाटो खुलेकोले उल्लास छाएको छ। रोकिएका सम्पूर्ण कामहरु अब अगाडी बढ्ने देखिएको छ। नियुक्त अध्यक्ष रेग्मीले भनेका छन् ‘आयोगको गरिमालाई ध्यान दिँदै शिक्षकको वृत्ति विकासमा जोड दिने, नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने, शिक्षकको लाइसेन्स परीक्षा तत्काल सञ्चालन गरेर आयोगको तयारी गरेका परीक्षार्थीमा उत्साह थप्ने काममा मेरो ध्यान केन्द्रित हुनेछ।’
त्यस्तै अबको एक हप्ताभित्र लाइसेन्सको आवेदन फाराम खुल्ने कुरा पनि उनले बताएका छन् । यस संगै लामो समय देखि रोकिएको शिक्षक नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएकोले र लाइसेन्स लिन नपाएकाहरुको लागि पनि आवेदन खुल्ने संकेत देखिएपछी तयारि गरिरहेका परिक्षार्थीहरुमा उत्साह देखिएको छ।