Date:

IEMIS अध्यावधिक बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना

 शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै IEMIS अध्यावाधिक गरेका विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ । यसै बीच वि. सं. २०७८ पौष १६ गते सम्ममा अध्यावाधिक  भएको विवरण अनुसार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम तयारी गरिने र IEMIS अध्यावधिक नगर्ने विद्यालयले कुनै प्रकारको अनुदान प्राप्त नगर्ने र विद्यालयको नाम समेत अभिलेख बाट हटाइने जानकारी केन्द्रले उक्त सूचना मार्फत दिएको छ ।


हेरौं सूचना :

त्यस्तै केन्द्रले प्रकाशित गरेको विवरणमा  आफ्नो विद्यालयको विद्यार्थी विवरण तथा अन्य विवरणहरु हेर्न तथा PDF फायल यहाँ बाट डाउनलोड गर्न सक्नु हुने छ:
Share:

शिक्षक सेवा आयोग खुल्ने हो त ? जान्नुहोस् वास्तविकता....



विगत झन्डै एक वर्ष अघिदेखि रिक्त शिक्षक सेवा आयोगका पदाधिकारीहरुको नियुक्ति भर्खरै भएको छ। लोकसेवा आयोगले सिफारिस गरेको पदाधिकारीहरुलाइ नियुक्ति दिन तत्कालिन शिक्षा मन्त्रि कृष्णगोपाल श्रेष्ठले आलटाल गरेपछि लामो समय रिक्त रहेको आयोगले भर्खरै पूर्णता पाएको हो। नियुक्त हुने नयाँ पधादिकारिहरुमा नेपाल सरकारका पुर्व सचिव मधुप्रसाद रेग्मी अध्यक्ष तथा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन सदस्य रहनु भएको छ।

‘आयोगको गरिमालाई ध्यान दिँदै शिक्षकको वृत्ति विकासमा जोड दिने, नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने, शिक्षकको लाइसेन्स परीक्षा तत्काल सञ्चालन गरेर आयोगको तयारी गरेका परीक्षार्थीमा उत्साह थप्ने काममा मेरो ध्यान केन्द्रित हुनेछ।’

यसैबीच आयोगले पूर्णता पाएसंगै लाइसेन्स र शिक्षक सेवा तयारी गरिरहेका परिक्षार्थीहरुमा अब उक्त परिक्षाहरुको बाटो खुलेकोले उल्लास  छाएको छ। रोकिएका सम्पूर्ण कामहरु अब अगाडी बढ्ने देखिएको छ। नियुक्त अध्यक्ष रेग्मीले भनेका छन् ‘आयोगको गरिमालाई ध्यान दिँदै शिक्षकको वृत्ति विकासमा जोड दिने, नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने, शिक्षकको लाइसेन्स परीक्षा तत्काल सञ्चालन गरेर आयोगको तयारी गरेका परीक्षार्थीमा उत्साह थप्ने काममा मेरो ध्यान केन्द्रित हुनेछ।’

त्यस्तै अबको एक हप्ताभित्र लाइसेन्सको आवेदन फाराम खुल्ने कुरा पनि उनले बताएका छन् । यस संगै लामो समय देखि रोकिएको शिक्षक नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएकोले र लाइसेन्स लिन नपाएकाहरुको लागि पनि आवेदन खुल्ने संकेत देखिएपछी तयारि गरिरहेका परिक्षार्थीहरुमा उत्साह देखिएको छ।

Share:

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन हुँदै..

 


सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।

आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा   बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । 

बोर्डले जेठ  १३  गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा  १२  को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । 

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको  छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै  अध्ययन  प्रतिवेदन  पर्खेको र त्यसकै  आधारमा  उपयुक्त  विकल्पमा निर्णय गरिने जानकारी दिए ।  कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ र यसलाई रातोपाटि बाट साभार गरिएको हो । 

Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive