राष्ट्रिय किताबखाना(शिक्षक) ले भाद्र ११ गते एक सुचना जारी गरि हाल सम्म पनि धेरै शिक्षक हरुको सम्पति विवरण प्राप्त नभएको जनाएको छ।
प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिन भित्र सम्पूर्ण स्थायी शिक्षक हरुले आफ्नो सम्पति विवरण राष्ट्रिय किताबखाना( शिक्षक ) मा पुग्ने गरि पठाउनुपर्ने प्रावधान भएपनि हाल सम्म पनि धेरै शिक्षक हरुले विवरण नपठाएको उल्लेख गरिएको छ।किताबखाना ले भाद्र २८ गते भित्र अनिवार्य रुपमा विवरण पठाउन अनुरोध पनि गरेको छ।अघिल्लो साल पनि धेरै शिक्षकहरुले आफ्नो सम्पति विवरण नपठाएको कारणले जरिवाना तिर्नुपरेको थियो।
समयमा सम्पति विवरण नबुझाउने शिक्षक कर्मचारीहरुलाई रु. ५००० जरिवाना तोकिएको छ ।समयमै विवरण पठाई जरिवाना बाट बचौं। विवरण दर्ता हुने समय अब मात्र १४ दिन बाँकी रहेको छ।
हेरौं किताबखानाले जारी गरेको सूचना: